सुदूर नेपाललाई विश्वसँग जोड्दै

जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी

२०८३ असोज २८, ०४:२२ खबर संवाददाता

जुम्ला : शासकीय सुधार कार्यक्रमअन्तर्गत सुरु भएको हुलाकमार्फत घरमै राहदानी पु¥याउने सेवा जुम्लामा प्रभावकारी बन्दै गएको छ ।

बितेका पाँच महिनामा यहाँका २२० जनाले घरमै राहदानी पाएका छन् । जिल्ला प्रशासन कार्यालय, राहदानी शाखाका प्रमुख नरबहादुर बुढाले जिल्ला हुलाक कार्यालयसँग सम्पन्न सम्झौताअनुसार चालु आवको भदौसम्म १९८ जनाको राहदानी घरदैलोमै पुगेर वितरण गरिएको बताए ।

गत वर्ष ९७२ जनाले घर घरबाटै राहदानी पाएका थिए । चालु आवको दुई महिनामा १९८ जनाले राहदानी पाएका छन् । 
यसैगरी, जिल्लामा आठ हजार ६० जनाले राष्ट्रिय परिचयपत्र बनाएको  प्रशासन जनाएको छ ।
 

कमेन्ट लोड गर्नुस