सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ब्राउन सुगरसहित तीन जना पक्राउ

२०८३ कार्तिक ५, ०९:३६ खबर संवाददाता

कैलाली: धनगढी उपमहानगरपालिका–४, दक्षिणकाली मार्गबाट ब्राउन सुगरजस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन्।

बुधबार साँझ जिल्ला प्रहरी कार्यालय कैलालीसहितबाट खटिएको प्रहरी टोलीले शंकाका आधारमा चेकजाँच गर्ने क्रममा गोदावरी नगरपालिका–९ निवासी १९ वर्षीय सञ्जय राना, कञ्चनपुरको कृष्णपुर नगरपालिका–७, कलुवापुर निवासी १९ वर्षीय घनश्याम राना र १८ वर्षीय एक किशोरलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनीहरूको साथबाट शुद्ध तौल ३ ग्राम ५८ मिलिग्राम ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ फेला परेको थियो। उक्त पदार्थसहित तीनै जनालाई नियन्त्रणमा लिई प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस