सुदूर नेपाललाई विश्वसँग जोड्दै

घोप्टेभिरमा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

२०८३ कार्तिक २३, ०७:४१ खबर संवाददाता

काठमाडौं: धादिङ र चितवनको सीमाक्षेत्र नजिक पर्ने पृथ्वी राजमार्गको घोप्टेभिरमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ।

कुरिनटार नजिकै पर्ने घोप्टेभिरमा सोमबार बिहान सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको हो। सडक डिभिजन कार्यालय चितवनका अनुसार गएराति सडक माथिबाट पहिरो खसेको थियो। पहिरो पन्छाउन सोमबार बिहान ६ः३० बजेदेखि मेसिन तथा उपकरण परिचालन गरिएको छ।

पहिरो हटाउन करिब तीन घण्टा लाग्ने अनुमान गरिएको कार्यालयले जनाएको छ। सडक अवरुद्ध भएपछि उक्त मार्ग भएर यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सतर्क रहन र वैकल्पिक व्यवस्था गर्न आग्रह गरिएको छ।

कमेन्ट लोड गर्नुस