सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम कांग्रेसको सभापतिमा पुष्पकुमार शाहीको दाबी

२०८३ मंसिर १३, ०५:१० खबर संवाददाता

धनगढीः नेपाली कांग्रेस इतर पक्षको सुदूरपश्चिम प्रदेश सभापतिमा नेता पुष्पकुमार शाहीले दाबी गरेका छन्। लामो समय विद्यार्थी राजनीतिमा बिताएका शाहीले प्रदेश सभापतिमा उम्मेदवारी दिने बताउका हुन्। 

डोटीको चैकोटमा जन्मिएका शाही नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय सदस्य हुन्। उनले २०६४ सालमा नेविसंघको केन्द्रीय सदस्यको जिम्मेवारी पाएका थिए।

विद्यार्थी राजनीतिमा इकाइ सदस्य, सचिव र अध्यक्षदेखि जिल्ला सदस्य, उपाध्यक्ष, संगठन विभाग सदस्य हुँदै केन्द्रीय सदस्यसम्मका जिम्मेवारी सम्हालेका शाहीले कैलाली बहुमुखी क्याम्पस, त्रिभुवन विश्वविद्यालय र नेविसंघको केन्द्रीय तहमा रहेर काम गरेका छन्।

राजनीतिसँगै शैक्षिक क्षेत्रमा पनि सक्रिय शाहीले राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका छन्। उनले कम्प्युटर डिप्लोमासमेत हासिल गरेका छन्। लोकतान्त्रिक आन्दोलनका क्रममा शाहीले पटकपटक जेल जीवन बिताएको बताएका छन्। आन्दोलनका क्रममा कैलाली कारागारदेखि केन्द्रीय कारागारसम्म बस्नुपरेको उनको भनाई छ। 

लामो राजनीतिक अनुभव र संगठनमा काम गरेको अनुभवलाई आधार बनाउँदै शाही सुदूरपश्चिम कांग्रेसको नेतृत्वमा पुग्ने तयारीमा जुटेका हुन्। 

कमेन्ट लोड गर्नुस