भारतमा नेपाल शिक्षक शिविर सम्पन्न
भारतमा जारी चार दिने नेपाल शिक्षक शिविर सम्पन्न भएको छ। सु–संस्कारको विकाश र संस्कृत ज्ञान सम्बन्धी चार दिने शिविर भारतको सान्तिकुन्ज हरिद्वारमा सम्पन्न भएको हो। अक्टोबर १६ देखि १९ तारिक सम्म चलेको शिविरमा नेपालका १७ जिल्लाका तीन सय ढि शिक्षकको सहभागीता रहेको थियो।
शिविरको गायत्री तीर्थ सान्तिकुन्ज हरिद्वारले आयोजना गरेको थियो। शिविरमा शिक्षकहरुलाई बाल संस्कार र संस्कृती बारे बालवालिका कसरी अध्यापन गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिईएको छ। शिविरमा बोल्दै गायत्री शक्तिपीठ नेपालकी प्रमुख सावित्री काफ्लेले अहिले बालबालिकालाइ आफ्नो धर्म संस्कृतीको ज्ञान दिन नसक्दा शिक्षाका उद्देश्य पूरा हुन नसकेको बताईन्।
उनले त्यसले विद्यार्थी नैतिकवान पनि नभएको भन्दै विद्यालयमा संस्कृती ज्ञान परिक्षाको पाठ्यक्रम तयारी गरी अध्यापन गरिनुपर्ने उल्लेख गरिन्। यस्तै गयत्री परिवारका सदस्य डा. बिष्णु आर्यालले विद्यालयले संस्कारको विकास गर्न नसकेमा विद्यार्थी पनि संस्कार नहुने बताए। उनले विद्यार्थीमा संस्कारको विकास नभएमा भविष्यमा मानवीय संस्कारको संकट आउने तर्फ समयमै सचेत हुनुपर्ने धारणा राखे ।
गायत्री तीर्थ हरिद्वारले विद्यार्थीलाई सु–संस्कृत बनाउन भारतमा कक्षा ५ देखि १२ सम्म संस्कृती ज्ञान परिक्षा संचालन गर्दै आएको छ भने नेपालले गत वर्ष मात्र १० हजार विद्यार्थीमा संस्कृती सम्बन्धी ज्ञानको पूर्व परिक्षण गरेको थियो। अहिले भने नेपाली भाषामै पाठयपुस्तक र पाठ्यक्रम तयार भईसकेको छ भने अन्य विद्यालयमा पनि लागु गर्ने योजना रहेको दावी गरिएको छ।