राष्ट्रिय कण्डम दिवस कैलालीमा पनि मनाईयो
२५ औं राष्ट्रिय कण्डम दिवस कैलालीमा पनि मनाईएको छ। दोहोर सुरक्षाका लागि कण्डम प्रयोग गरौं भन्ने नाराका साथ जनचेतना मुलक कार्यक्रमको आयोजना गरि कैलालीमा पनि कण्डम दिवस मनाईएको हो। कण्डम दिवसको अवसरमा स्वास्थ्य कार्यालय कैलाली, परिवार नियोजन संघ, एएचएफ नेपाल लगायतका अन्य संस्थाहरुको संयुक्त आयोजनामा नेपाल–भारत सिमाक्षेत्र डोकेबजारमा जनचेतनामुलक कार्यक्रम गरिएको एएचएफ नेपालका कार्यक्रम संयोजक लोकराज पनेरुले बताए।