सुदूर नेपाललाई विश्वसँग जोड्दै

यी ६ कलाकारको डिभोर्स गर्ने कारण यस्तो थियो

२०७६ मंसिर १२, ०१:५७ खबर संवाददाता

नेपाली फिल्म क्षेत्र बाहिरबाट हेर्दा जति झकिझकाउ र रंगिन छ, भित्र त्यस्तो छैन। जुन सोचका साथ कलाकारले यो क्षेत्रमा प्रवेश गर्छन्, भित्री रुपमा उनीहरुले त्यो पाउँदैनन्। नेपाली फिल्म क्षेत्रमा जोडिएका सम्बन्ध टुट्न समय नै लाग्दैन। 

निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा

अहिले निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलको सम्बन्ध यस्तै देखिएको छ। ३ बर्ष अघि बिहे गरेर ६ महिना अघि मात्र शिल्पा र छविले बिहे दर्ता गरेका थिए। यसको अर्थ, छवि र शिल्पा कानुनी रुपमा जोडिएको ६ महिना मात्र भयो। तर, छवि र शिल्पाको सम्बन्ध सकिने बाटोमा छ। घरेलु हिंसाको उजुरीबाट सुरु भएको सम्बन्ध अब डिभोर्सको बाटोमा छ। छविसँग डिभोर्स गर्नका लागि शिल्पाले काठमाण्डौ जिल्ला अदालतमा फाइल गरिसकेकी छिन्।

शिल्पा र छविको सम्बन्ध सकिनुमा शंका र उमेर अन्तरले साथ दिएको छ। एकले अर्कालाई गर्ने शंका, उमेरको अन्तरले सोचमा देखिएको फरकपनाले गर्दा उनीहरु अलग हुँदैछन्। तर, बाहिरी रुपमा एकले अर्कालाई नराम्रो देखाउने खेल ठूलै छ। छवि र शिल्पाको सम्बन्ध डामाडोल हुने बाटोमा छ । तर, नेपाली फिल्मका कलाकारको डिभोर्स घटना यो पहिलो पटक होइन। छविले नै अभिनेत्री रेखा थापासँग डिभोर्स गरेका थिए। रेखा र छविको सम्बन्ध पनि १० बर्षमा सकियो। रेखा र छविको सम्बन्ध पनि शंका र उमेर अन्तरमै सकिएको देखिन्छ।

गायिका अन्जु पन्त र गायक मनोजराज

गायिका अन्जु पन्त र गायक मनोजराजको पनि डिभोर्स भयो। यो जोडीमा पनि शंकाले ठूलो स्थान लियो। शंका नै शंका र मनोज र अन्जुको पारिवारिक सम्बन्ध टुट्यो । अन्जुको आँशु संचारमाध्यमका लागि मसला त बन्यो। तर, अन्जु र मनोजले पनि करिअरलाइ एकसाथ लैजान सकेनन्।

अभिनेत्री रीमा विश्वकर्मा

अभिनेत्री रीमा विश्वकर्माको पनि डिभोर्स भयो। बिहे भएको २ बर्षमै उनको डिभोर्स भयो। रीमाको डिभोर्स हुनुमा पनि शंकाले नै ठूलो हात राख्यो। विदेशमा रहेका उनका पूर्व श्रीमान् र उनी नेपालमा रहँदा शंकाले काम गर्यो र उनीहरु अलग हुन पुगे।

अभिनेत्री प्रियंका कार्की

अभिनेत्री प्रियंका कार्की पनि डिभोर्सी हुन्। उनले भने रोचक मैनालीसँग डिभोर्स गरेकी हुन्। रोचक र प्रियंकाले अमेरिकामा नै बिहे गरे। तर, प्रियंका नेपाल आएपछि उनी फिल्ममा बढी व्यस्त भइन्। यसपछि भने उनी र रोचक मिल्न सकेनन्। दुवैले डिभोर्स दिने निर्णय गरे। डिभोर्स भएपछि प्रियंका अब अभिनेता आयुष्मान देशराज जोशीसँग बिहे गर्ने तयारीमा छिन्।

अभिनेत्री संचिता लुइटेल

अभिनेत्री संचिता लुइटेलको पनि पहिलो बिहे डिभोर्समा टुट्यो  अभिनेता आकाश शाह र अभिनेत्री संचिताविच बिहे भएको थियो। तर, आकाश र संचिताको बिहे लामो समय टिक्न सकेन। बिहेलाइ अघि बढाउन नपाएपछि दुइले अलग हुने निर्णय गरे। अभिनेत्री संचिताले आकाशसँग बैबाहिक सम्बन्ध टुटेको केही बर्षपछि अभिनेता निखिल उप्रेतीसँग बिहे गरिन्।

गायक धीरज राई र नायिका छुल्ठिम गुरुङ

गायक धीरज राई र नायिका छुल्ठिम गुरुङको वैवाहिक सम्बन्धमा पूर्णबिराम लागेको हो। डिभोर्स गरेरै दुई जना छुट्टीएका थिए।

नेपाली सिनेमामा डिभोर्स गर्ने कलाकारको संख्या लामो छ। शिव श्रेष्ठदेखि राजेन्द्र खड्गीसम्मले डिभोर्स गरेर अर्को बिहे गरे। बिवाहको कुरामा अभिनेता भूवन केसी र अभिनेत्री सुस्मिता केसी पनि छन्। यी दुइले पनि प्रेम गरेरै बिहे गरे। तर, लामो समयको बैबाहिक सम्बन्ध अलग भयो। यी दुइको सम्बन्धमा पनि शंकाले नै बढी काम गर्यो। कलाकारको वैवाहिक सम्बन्ध अलग हुनुमा शंकाले ठूलो काम गरेको छ।

विशेषगरि, घर छाडेर लामो समयसम्म छायांकनमा व्यस्त हुनुपर्ने, पुरुष वा महिला कलाकारसँग हिमचिम हुनुपर्ने आदि कारणले गर्दा पनि कलाकारको सम्बन्ध विग्रिएको छ। यसैले कलाकारको घर लामो समयसम्म टिक्दैन पनि भनिन्छ। धेरै कलाकारको यो खालको खबरले विशेषगरि सिनेमा क्षेत्रमा कलाकार हुनका लागि आफ्ना छोराछोरीलाई भित्राउने वर्गको संख्या कम देखिएको हुन्छ।

कमेन्ट लोड गर्नुस