सुदूर नेपाललाई विश्वसँग जोड्दै

गायिका आस्था राउत सरकारी वकील कार्यालयमा

फाईल फोटो
फाईल फोटो
२०७६ माघ १३, ०२:१० खबर संवाददाता

महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउतलाई जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंमा उपस्थित गराइएको छ। उनलाई प्रहरीले बयान सकेर केही बेरअघि सरकारी वकील कार्यालय लगेको हो। आजै ८ बजे गायिका राउत महानगरीय प्रहरी परिसर काठमाडौंमा उपस्थित भएकी थिईन्।

गायिका राउतलाई हिरासतमा राखेर थप अनुसन्धान गर्ने अथवा आजै मुद्दा टुंग्याउने भन्नेबारे जिल्ला प्रशासन कार्यालय, काठमाडौंले निर्णय गर्न सक्नेछ। प्रहरीले अनुसन्धान नसकेको भए म्याद थपका लागि आग्रह गर्नेछ भने आजै जिल्ला प्रशासन कार्यालयमा उनीविरुद्दको मुद्दामा प्रमुख जिल्ला अधिकारीले आदेश गर्न सक्नेछन्।

सरकारी वकील कार्यालय जानुअघि परिसरमा पत्रकारहरुसँग गायिका आस्थाले कानूनभन्दा माथि कोही नभएको बताउँदै आफू कानूनअनुसार हुने सजाय भोग्न तयार रहेको बताईन्।
 

कमेन्ट लोड गर्नुस