सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका कमल सोव नेपाल आइडलको उत्कृष्ट ११ मा

२०७६ माघ १७, १२:३१ खबर संवाददाता

धनगढी– धनगढीका कमल सोव नेपाल आइडलको उत्कृष्ट ११ मा पुगेका छन्। नेपाल आइडलको नेपालगञ्ज अडिसनबाट छनोट भएका सोव दर्शक श्रोतााको भोटको आधारमा उत्कृष्ट ११ सम्म पुगेका हुन्। उनी सुदूरपश्चिम प्रदेशबाट नेपाल आइडलमा प्रतिनिधित्व गर्ने एक्ला प्रतिस्पर्धी हुन्। 

को हुन कमल ? 

५ कक्षा सम्मको पढाई डोटीको बुडरमा गरेका सोव त्यसपछिको अध्ययनलाई अगाडी बढाउन धनगढी प्रवेश गरेका थिए। माध्यमिक शिक्षा सम्मको पढाई सकेपछि सुदूरपश्चिमाञ्चल एकेडेमीमा भर्ना भएका सोवले स्थानीय स्तरमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागीता जनाउँदै आएका थिए। संगीतकार कुलदिप राईबाट संगीत सिक्ने मौका पाएका उनले धनगढीका विभिन्न व्याण्डहरुमा समेत जोडिने मौका पाएका थिए। 
 

कमेन्ट लोड गर्नुस