नेपाल आइडलका म्युजिसियन टिमको ‘ढल्क्यो जोवन’ (हेर्नुस भिडियो)
नेपाल आइडलका म्युजिसियन मिलेर नयाँ फ्युजन गीतको भिडियो सार्वजनिक गरेका छन्। राजेश घिमिरेको स्वर रहेको ‘ढल्क्यो जोवन’ बोलको गीतमा दिपक आरजेको संगीत रहेको छ।
गीतको शब्द रचना संगीतकार आरजे र वाईपी जोशीले गरेका छन्। सार्वजनिक भिडियोमा म्युजिसियनहरु आफै देखिएका छन्। गिटारमा देवासिस तामाङ, किबोर्डमा प्रज्वल लामा, ड्रम्समा रुपेश सिंह गुरुङ, सारङ्गीमा मनिष गन्धर्व, क्लासिक भोकलमा किरण पौडेल, बासुरीमा हरिश सिंह र शम्भु बानियाँ देखिएका हुन्।
मोक्ष प्रोडक्सनमा सम्पादन गरिएको भिडियोमा निर्देशक तथा सम्पादक प्रविन श्रेष्ठले निर्देशन गरेका हुन्। ज्ञानेन्द्र शर्माले छायाँकन गरेको भिडियो यस पिपुल एजुकेशन र भिषा सर्विस प्राउड्लीको प्रस्तुतीमा निर्माण भएको हो।