नेपाल आइडल २ का विजेता रवि ओडको ‘आउ आउ प्रियसी’ सार्वजनिक(भिडियो)
दोस्रो नेपाल आइडलका विजेता रवि ओड र गायिका प्रविशा अधिकारीको स्वर रहेको ‘आउ आउ प्रियसी’ बोको गीत सार्वजनिक भएको छ। प्रेम दिवसको अवसर पारेर उक्त गीत सार्वजनिक गरिएको बताइएको छ।
उक्त म्युजिक भिडियोमा सनम कठायत र समिक्षा पोखरेलको जोडीलाई प्रेम मुन्द्रामा देख्न सकिन्छ।
केशव बैरागी माइलोको शब्द र राजकुमार बगरको संगित रहेको उक्त भिडियोलाई एभरेष्ट ग्यालरीले बजार व्यवस्थापन गरेको छ।
अन्जन शर्माले निर्देशन गरेको उक्त भिडियोमा मुकेश हुमागाइ र उत्सव दाहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ।