लोकगायक पङ्गेनीलाई पितृशोक
लोकगायक बद्री पङ्गेनीलाई पितृशोक परेको छ। उनका पिता बोधराजको ७० वर्षको उमेरमा आज निधन भएको हो।
काठमाडौँको धापासीबाट उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको बाटामै निधन भएको परिवारले जनाएको छ। उनी दमसम्बन्धी समस्याबाट पीडित थिए। उनको पाल्पा, रामपुरमा दाहसंस्कार गरिने भएको छ।
उनका दुई छोरा र एक छोरी छन्। स्व बोधराजकी श्रीमतीको यसअघि नै निधन भइसकेको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष पङ्गेनीका पिताको निधनप्रति प्रतिष्ठानका अध्यक्ष रमेश बिजीलगायत विभिन्न सङ्घसंस्थाले दुःख व्यक्त गरेका छन्।