सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा भाइरल ज्वरोका कारण मृत्यु हुनेको सङख्या दुई पुग्यो

२०७६ माघ २२, ०४:३३ खबर संवाददाता

बाजुरा: बाजुराको स्वामीकार्तिक खापर गाँउपालिकामा भाइरल ज्वरोका कारण दुई जनाको मृत्यु भएको छ।

मंगलबार बिहान स्वामीकार्तिक खापर गाँउपालिका–१ की अन्दाजी ५५ वर्षकी मिमा खडाराको मृत्यु भएको थियो। फेरि बुधबार सोही गाँउपालिकाका ७० वर्षजतिका दलबहादुर रावलको मृत्यु भएको छ।

गाउँपालिकाको वडा नम्बर एकका विभिन्न स्थानमा सिजनल फ्लू भनिएको भाइरल ज्वरोका कारण २ सय १५ जनाभन्दा बढी बिरामी रहेको गाउँपालिकाका सूचना अधिकारी कुमेरबहादुर शाहीले जानकारी दिए।

अहिले १५/२० जनाको बिरामीहरुको गाउँपालिकाको स्वास्थ चौकीमा उपचार भइरहेको उनले बताए। सिङ्गो गाउँ नै बिरामी पर्न थालेपछि स्वास्थ्यकर्मीलाई उपचार गर्न समस्या भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस