प्रेमगीत ३ को ‘हात्ती ढुंगामा’ सार्वजनिक (भिडियो)
चैत्र २८ गते प्रदर्शनको तयारीको क्रममा रहेको चलचित्र प्रेमगीत ३ को पहिलो गीत सार्वजनिक गरिएको छ। हात्ती ढुंगामा बोलको गीतमा चलचित्रका मुख्य कलाकार प्रदीप खड्का र क्रिष्टिना गुरुङ फिचर्ड रहेका छन्।
गीतमा कलाकार सुनिल थापा र माओत्से गुरुङको पनि केहि झलक समावेश भएको छ जसले गीतसँग कथा जोड्नमा भूमिका खेलेको छ।
मेलिना राई र सागर आलेको स्वर रहेको गीतमा कल्याण सिंहको संगीत रहेको छ। हर्क साउदको शब्द रचनामा कविराज गहतराजले कोरियोग्राफी गरेका छन्।