धनगढीम एसईई डान्स स्टार प्रतियोगिता हुने
धनगढी : धनगढीमा एसईई डान्स स्टार प्रतियोगिता हुने भएको छ। आगामी बैशाख ४ गतेबाट हुने उक्त प्रतियोगितामा एक विद्यालयबाट १ जना देखि ५ जनासम्म प्रतिस्पर्धीले नृत्य प्रस्तुत गर्न सक्नेछन्।
प्रतियोगितामा विजेता प्रथम, द्वितिय र तृतियले क्रमशः नगद १० हजार, ७ हजार र ५ हजार प्राप्त गर्ने जनाइएको छ।
‘इप्रभात न्युज’को मुख्य आयोजना तथा हिमालयन कलेज काठमाण्डौँको मुख्य प्रायोजनामा उक्त प्रतियोगिता हुन लागिएको हो।