धनगढी महोत्सवको दोस्रो दिन, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती
धनगढी - धनगढी उप–महानगरपालिकाको वडा नम्बर १५ जारी पहिलो धनगढी महोत्सवको आज दोस्रो दिन पनि विभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारहरुले आफ्नो पस्तुती राखेका छन्।
संस्कृती, पर्यटन, कृषि, उद्योग र व्यापार समुन्नत एंवम समृद्ध धनगढी विकासको आधार भन्ने मुल नाराका साथ शुक्रवार देखि सुरु भएको महोत्सवमा आज मरिचमान श्रेष्ठ, लाल बहादुर धामी लगायतका कलाकारहरुको प्रस्तुती रहेको आयोजक शिवगंगा संस्कृतीक पर्यटन विकास समितिका अध्यक्ष मोती रानाले बताए। भाेली रेखा जाेशी, नरेन्द्रराज रेग्मीलगाएतका कलाकारकाे प्रस्तुती रहने छ।