विपक्षीको लिङ्ग टोक्ने फुटबल खेलाडीलाई ५ वर्षको प्रतिबन्ध
विश्वभर सबैभन्दा लोकप्रियता बटुलेको फुटबल खेलका आफ्नै नियमहरु हुन्छन्। कहिले काँही खेलाडीहरुले नियम उल्लङ्घन गरेमा उनीहरुलाई खेलबाट हटाइने तथा चेतावनी दिने गरेको हामीलाई अवगतनै छ। तर फ्रान्सका एक खेलाडीलाई भने पाँच वर्षसम्म फुटबल खेल्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ।
उनीमाथि प्रतिबन्ध लगाउनुको कारण भने सबैलाई अचम्मित पारिदिने खालको रहको छ। फ्रान्सको टेरभिल्ले सहरमा गत नोभेम्बर महिनामा स्थानीय एससी टेरभिल्ले र ए एस सोएट्रिक क्लबबीच भएको खेलमा एक खेलाडीले आफ्ना विपक्षीको गोप्य अगंनै टोकीदिएका छन्।
दुई टिमबीच भएको सो खेल निकै तनावपूर्ण रहेको थियो। विभिन्न कुराहरुमा उनीहरु बीच खेल मैदानमा समेत झगडा बढेको थियो । खेलको समय सकिएपश्चात् दुई टिम बीच ड्रेसिङ रुमबाट सुरु भएको झगडा गाडी पार्क गर्ने ठाउँसम्म पुग्यो।
दुई टिमबीच भएको झगडा छुट्टाउन पुगेका टेरभिल्ले क्लबका एक खेलाडीमाथि सोएट्रिक क्लबका अर्का खेलाडीले उनको लिङ्गमा आक्रमण गरेका थिए। विपक्षी खेलाडीले लिङ्ग टोकिदिएपछि घाइते भएका उनलाई तत्कालै अस्पताल लगिएको थियो ।
अस्पताल पुर्याइएका उनको लिङ्गमा १२ वटा टाँका लगाउनु परेको छ।