सुदूर नेपाललाई विश्वसँग जोड्दै

बलिउड अभिनेता शाहरुखलाई अर्को करियर रोज्न श्रीमतीको सुझाव

२०७६ फाल्गुन १८, ०९:०७ खबर संवाददाता

बलिउड अभिनेता शाहरुख खान अभिनयका कारण जति चर्चामा छन्, उनको सेन्स अफ ह्यूमरको पनि त्यतिकै चर्चा हुने गर्छ। तर हालै शाहरुख खानकी श्रीमति गौरी खानले पनि सेन्स अफ ह्यूमरको परिचय दिएकी छिन्।

पछिल्लो समयमा एक पछि अर्को फ्लप फिल्म दिएका शाहरुख खान विश्राममा छन्। लगातार असफलता भोगेपछि अब भने शाहरुख आफ्ना आगामी फिल्महरुमा कुनै पनि किसिमको सम्झौता गर्न चाहदैनन्। तसर्थ उनी यतिबेला ब्रेक लिएर उत्कृष्ट स्क्रिप्टको खोजीमा छन्। लामो समयदेखि फिल्ममा नदेखिएका शाहरुखलाई दर्शकहरु पर्दामा हेर्न आतुर छन्।

तर शाहरुख खान भने नयाँ फिल्मको घोषणा गर्न समय लगाइरहेका छन्। यसैबीच शाहरुख खानकी श्रीमती गौरी खानले भने शाहरुख खानलाई फिल्म बाहेक अर्को करियर रोज्न सुझाव दिएकी छिन्। गौरी खानले मुम्बईमा आफ्नो डिजाइनर स्टोरमा बलिउड कलाकार तथा नजिकका साथीहरुको लागि पार्टीको आयोजना गरेकी थिइन्। सोही पार्टीमा मिडियासँगको कुराकानीमा गौरीले श्रीमान शाहरुखको डिजाइनिङ सेन्स धेरै राम्रो रहेको बताइन्।

शाहरुखले घरको इन्टेरियरमा कैयौँ परिवर्तन गरेको, जुन निकै उत्कृष्ट रहेको बताइन। गौरीले रमाइलो गदै भनिन, ‘शाहरुख यतिबेला कुनै पनि फिल्ममा काम गरिरहेका छैनन्, तसर्थ म उनलाई दोस्रो विकल्पमा डिजाइनिङलाई राख्न सल्लाह दिन्छु । किनकि उनी एक उत्कृष्ट डिजाइनर बन्न सक्छन। उनीभित्र त्यो कला पनि छ।’

गौरी खानले यसरी आफ्नो हाँसो उडाउँदा शाहरुख पनि चुप लागेर बस्न सकेनन्। उनले हाँसेरै गौरीलाई जवाफ दिँदै भने, ‘मलाई यस्तो यसकारण भनिएको हो, किनकि मेरा पछिल्ला केही फिल्महरु चल्न सकेनन्।’

खबरहरुका अनुसार शाहरुख खानले फिल्म निर्माता राजकुमार हिरानीको आगामी फिल्मको लागि स्वीकृति जनाइसकेका छन्। यस्तै उनले राज एण्ड डिकेको आगामी फिल्ममा समेत काम गर्ने तयारी गरिरहेका छन्। तर शाहरुखले वास्तवमा कुन फिल्मबाट कमब्याक गर्नेछन, त्यसको टुंगो अहिले लागिसकेको छैन। 

कमेन्ट लोड गर्नुस