सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम: अति आवश्यक परे मात्रै अस्पताल आउन आग्रह

२०७६ चैत्र ६, ०३:५५ खबर संवाददाता

धनगढी: सुदूरपश्चिमका अस्पतालहरुले अति आवश्यक परे मात्रै अस्पताल आउन आग्रह गरेका छन्। बिरामी पुग्ने ठाउँ अस्पताल भएकाले कोरोना भाइरस पनि अस्पतालमै हुने र अस्पतालमै फैलिने सम्भावना भएको भन्दै अति आवश्यक परे मात्रै अस्पताल आउन आग्रह गरिएको हो।

यस क्षेत्रका सरकारी र नीजि अस्पतालहरुले सूचना जारी गर्दै यस्तो आग्रह गरेका हुन्। अस्पतालहरुद्वारा जारी सुचनामा भनिएको छ, ‘प्रेसर, सुगर, दम जस्ता दीर्घरोग भएका र हाल औषधी प्रयोग गरिरहेका बिरामीहरु फलोअपमा अस्पताल जानुको सट्टा औषधी सेवन गरिरहनु नै उक्त हुन्छ। महिनौँ र बर्षौँ देखिका समस्या भएका बिरामी उपचार गराउन अस्पताल जान यो समय उचित होइन्।’

यस्तै अस्पतालहरुले सामान्य दुखाइ वा अन्य सामान्य समस्यामा नआत्तिई घरायसी वा अन्य औषधी सेवन गरी केही दिन पर्खिन समेत आग्रह गरेका छन्। महिनौँदेखि दुखिरहेको दाँत उखाल्न पर्ने भए अहिले नै अस्पताल नजान आग्रह गरिएको छ भने होल बडी चेकअप गराउन समेत अहिले उचित समय नभएको बताईएको छ।

सेती प्रादेशिक अस्पतालका ईमर्जेन्सी विभाग प्रमुख डाक्टर जगदिश जोशीले अहिले प्रत्येक व्यक्ति आईसोलेसनमा बस्नु नै उचित भएको बताए।

कमेन्ट लोड गर्नुस