सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिरामीलाई परीक्षण बिनै फर्काईयोः वरिष्ट डा. दीक्षित

२०७६ चैत्र ६, ०८:२८ खबर संवाददाता

वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले कोरोना सङ्क्रमित देशभित्र भएको दावी गरे। उनले सरकारले कतिपय बिरामीलाई परीक्षण नै नगरी फर्काएको बताए। डाक्टरको सिफारिस बिना आफूलाई शंका लागेमा जाँच्न पाउनुपर्ने र त्यसको बन्दोबस्त सरकारले मिलाउनुपर्ने बताए।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा। वासुदेव पाण्डेले देशभरका निमोनिया बिरामीको सूची बनाइएको बताएका छन्। कोरोना भाइरस ९कोभिड(१९०को सङ्क्रमणको रोकथामका लागि सबै उपाय अपनाइएको बताउँदै उनले निमोनियाका बिरामीको दैनिक निरीक्षणको लागि सूची तयार पारिएको बताए।

भाइरसको शङ्का लागेमा वा समस्या भएमा तत्काल टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जानकारी गराउन समेत उनले आग्रह गरे। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा। रुना झाले देशभर सम्भावित लक्षण देखिएका बिरामीहरुको दैनिक परीक्षण भइरहेको बताईन्। उनले परीक्षण भइरहेको अवस्थामा हल्ला र भ्रमको पछि नलाग्न आग्रह गरीन्।  

नागरिक समाजका अगुवा चरण प्रसाईँले टेकु अस्पतालले जाँच नगरी बिरामीलाई फर्काइदिएको भन्दै सरकारलाई विश्वास गर्ने आधार नरहेको बताए। उनले नागरिकको स्वास्थ्यसम्बन्धी अधिकारमा सरकारले खेलबाड गर्न नपाउने बताए। उज्यालोको सहयोगमा
 

कमेन्ट लोड गर्नुस