सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा छायांकन हुनेछ स्वस्तिमाको ‘चिसो मान्छे’

२०७७ भदौ २०, ०३:०४ खबर संवाददाता

काठमाडौं: लिड अभिनेत्रीमा स्वस्तिमा खड्का रहेको चलचित्र ‘चिसो मान्छे’ सुदूरपश्चिमका विभिन्न भेगमा छायांकन हुनेछ। फिल्ममा सुदूरपश्चिम भेगको परिवेश र लबज प्रयोग गरिने बताइएको छ।  

दीपेन्द्र के. खनाल चैत पहिलो साताबाट भएको लकडाउनयता फिल्म ‘चिसो मान्छे’ को स्क्रिप्टमा काम गरिरहेका छन्।  फिल्मलाई निर्देशक खनाल आफैंले खिच्दैछन्। 

कोरोनाको महामारी अन्त्य भएपछि छायांकन सुरु हुने फिल्मको आउँदो वर्षको भदौ ११ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ। फिल्मलाई सर्मिला पाण्डेले निर्माण गर्ने बताइएको छ। 

त्यस्तै, फिल्म ‘चिसो मान्छे’ मा स्वस्तिमाको अपोजिटमा अभिनेता तथा निर्देशक अर्पण थापा फाइनल भएको जानकारी प्राप्त छ। उनीसँग निर्माण टिमको कागजी सम्झौता समेत भइरहेको बताइएको छ। तर, निर्देशक खनाल र निर्मात्री पाण्डेले यस विषयमा कुनै जानकारी दिएका छैनन्। 

कमेन्ट लोड गर्नुस