नयाँ देउडा गीत ‘तेरी खानी कली’ सार्वजनिक (भिडियोसहित)
धनगढी: हरिष लावड र प्रेम लावडको देउडा गीत तेरी खानी कली सार्वजनिक भएको छ। बैतडीको सुर्नया गाउँपालिका घर भएका दुई दाजुभाईले उक्त गित भिडियोसहित देउडा हाम्रो संस्कृती युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन्।
हरिष लावडको स्वरमा रहेको उक्त गीतमा कल्पना बिसीले सहयोग गरेकी छन्। भने, गीतमा देउडा गायक रमेश नागरीको शब्दसंगित रहेको छ।
उक्त गीतमा प्रेम लावड, सुप्रिया, सुहन, यसोधा, बिमला र भोजराजले अभिनय गरेका छन्।
यस्तै गीतमा निर्देशन एरेन्ज दिपक संगम बिसी छन् भने, निर्देशन राज बिसी छन्।