सुदूर नेपाललाई विश्वसँग जोड्दै

कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण

२०७७ असोज २०, ०६:०१ खबर संवाददाता

काठमाडौँ : कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार उनले आफूहरुलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् 

सोमबार आचार्य र उनकी श्रीमती रमिला दुवैले कोरोना परीक्षण गराएका थिए। आचार्यले आफूहरु दुवैको स्वास्थ्य अवस्था सामान्य भएको पनि बताएका छन्।

उनले आफूहरुसँग सम्पर्कमा रहेका सबैलाई होम आइसोलेसनमा बस्न आग्रह गरेका छन्।

कमेन्ट लोड गर्नुस