कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण
काठमाडौँ : कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार उनले आफूहरुलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन्
सोमबार आचार्य र उनकी श्रीमती रमिला दुवैले कोरोना परीक्षण गराएका थिए। आचार्यले आफूहरु दुवैको स्वास्थ्य अवस्था सामान्य भएको पनि बताएका छन्।
उनले आफूहरुसँग सम्पर्कमा रहेका सबैलाई होम आइसोलेसनमा बस्न आग्रह गरेका छन्।