सुदूर नेपाललाई विश्वसँग जोड्दै

टेपभित्रको स्वरले जव हल्लायो उनलाई

२०७५ भदौ १६, १२:०१

बाहिर हेर्दा सामान्य लाग्छन, कहिले काँही गीतका पत्तिहरु । बुझ्दै जाँदा त्यस्को भावपक्ष हामीले अनुमान लगाएको भन्दा फरक देखिन जान्छ । यस्तै फरक भाव पक्ष गीत गुनगुनाएर देखा परे सुरत रावत ‘डोटेली कान्छा’ ।

दाईको ब्या भ्यो, भाईको लै ब्या भयो
मेरो मात्तर क्या भयोे, क्या भयो

माथिका पङ्तीमा सामान्य ढंगले मेरो विवाह भएन भन्ने अर्थ दिन्छ भने गहिरिएर हेर्दा तीन-चार भाई भएको परिवारमा गाउँघरको सामान्य मान्यता अनुसार जेठो बुवाको प्यारो र कान्छो छोरो आमाको प्यारो हुने गरेको छ । तर माईला, काईला, साईलाहरु न यताका न उताका हुने भएपछि उनले मनन् गरे ठट्याउलो पाराले प्रस्तुत गरेका भएपनि गीतले गम्भिर अर्थ बोकेको देखिन्छ । 
गीत संगीतमा दुई दशकदेखि सक्रिय रुपले लागिपरेका डोटेली कान्छालाई थाह थिएन कुनै दिन मेरा पनि गीत मिडियामा बज्लान्, म पनि गायक बनौंला भन्ने ।  ईच्छाशक्ति बढ्दै गयो, उनी पनि गायकको सूचीमा दर्ज हुँदै गए । लेवलानबाट बुवाले ल्याएको क्यासेट प्लेयर (टेर्पीकाड) सुन्दा गायक सुरत रावत डोटेली कान्छाको मनमा सानो टेपभित्र गायकहरु कसरी गीत गाईरहेका छन भन्ने विषयमा खुलदुली हुन्थ्यो ।

११ बर्षकै उमेरमा सोही खुलदुली मेटाउनका लागि डोटेली कान्छाले भित्र गायक गायीकाहरु भेटिन्छन कि भन्दै टेप खोले तर ति गायक गायीकाहरु त्यो टेप भित्र भेटीने त कुरै भएन् । सोही बेला नै डोटेली कान्छाले कुनै न कुनै दिन त्यहि टेपमा आफ्नो गीत पनि बजाउने सोच बनाए । 
डोटीको केआईसी गाउपालिका वडा नम्वर १ डुम्राकोट जन्मघर भएका डोटेली कान्छालाई त्यो टेपमा आफ्नै गीत बजाउन सहज भने थिएन् । १३ बर्षको उमेरमै परिवारका सवै सदस्यहरुको जिम्मेवारी डोटेली कान्छाको काधमा सुम्पिँदै उनका बुवाले संसार छोडे । परिवारको सम्पूर्ण जिम्मेवारी आफ्नो काँधमा आए पनि डोटेली कान्छामा रहेको गायक बन्ने हुटहुटी भने कम भएन् । 
१३ बर्षको कलिलो उमेरमै बुवाले छोडेर गए, र त्यहि डाटेली कान्छाको साङगीतिक यात्रा पनि सुरु भयो । उनले पहिलो गीत नै बुवाले छोडेर गएपछि भएको पिडालाई समेटेर लेखे । 

बालकालैमा दु:ख पड्या, बुवा बितिगया
रातदिन रुवएर बस्नु, आँखा फुटिगया

२०५४ सालमा पहिलो गीती एल्वम सार्वजनीक भयो र डोटीका गाउँघरमा सिमित रहेको उनको परिचय सुदूरपश्चिममका ९ वटै जिल्लामा विस्तार हुन थाल्यो । सुरत रावतको गीतले चर्चा पाउन थालेपछि उनको माग मध्यपश्चिमका विभिन्न जिल्लामा पनि हुन थाल्यो । एक पटक मध्यपश्चिमका सास्कृतिक कार्यक्रममा सहभागी हुँदा मध्यपश्चिमका दर्शकहरुले उनलाई डोटेली गायक भनेर बोलाउन थाले । सोही बेला आफ्नो नामको पछाडी डोटेली कान्छा जोडेका उनलाई अहिले त्यहि नामले बढि चिनाएको छ । 
डोटेली कान्छाले झण्डै दुई दशक लामो साङगीतिक यात्रामा ९ वटा आफ्नै गीती एल्वम बजारमा ल्याएका छन् भने सय बढि गीतमा स्वर दिएका छन् । सुन्तली बोट, परदेशी दुखारी, मनको मर्म, धौली सुवा, लडाईको मैदानमा, उसै छ गाउँघर, लाईहाल गुन्यू चोली, पाटन सेरो र बोगटानको सेरो गीति एल्वमले सो बेला चर्चा पनि कमाए ।

त्यसैले पनि होला डोटेली कान्छाको माग अहिले पनि प्रदेश नम्वर ७ का धेरै जिल्लाहरुबाट भईरहेकै हुन्छ । तर उनको स्वरको जादु शहर बजार भन्दा ग्रामीण क्षेत्रमा बढि चल्छ । तर गायक सुरत रावत डोटेली कान्छाको गीत बजारमा नआएको पनि झण्डै १३ बर्ष हुन लागेको छ ।

१३ बर्षको अवधिमा उनले नयाँ गीत ल्याएका त छैनन् तर साङगीतिक यात्राबाट उनको दुरी पनि बढेको छैन् । अहिले पनि साङगीतीक क्षेत्रमा सक्रिय रहेका डोटेलीस् कान्छाको भुमिका भने अहिले आएर फेरिएको छ । विगतमा आफ्नै गीत बजारमा ल्याएर सक्रिय रहेका डोटेली कान्छा अहिले साङगीतिक क्षेत्रको संस्थागत विकास र सम्वर्धनमा सक्रिय रहेका छन् ।

कमेन्ट लोड गर्नुस