सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा कृति विमोचन

२०७५ भदौ १६, १२:५५

११ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा एकै साथ दुई पुस्तक विमोचन गरिएका छन । साे अवसरमा कैलाली जन पस्तकालयले आयोजना गरेको कार्यक्रममा दुई ओटै पुस्तक विमोचन गरिएका हुन । मनिराज अभिनन्दन ग्रन्थ र देवराज आचार्य स्मृति ग्रन्थ विमोचन गरिएका हुन । विमोचित कृतिका बारेमा साहित्यकार श्रेष्ठ प्रिया पत्थरले समिक्षा गरेकी थिईन् । 

कार्यक्रममा स्रष्टाहरुले आफ्ना रचना वाचन गरेका थिए भने समृद्ध पुस्तकालयः सुदृढ समाज मुल नाराका साथ पुस्तकालय दिवस पनि मनाईएको थियो । कैलाली जनपुस्तकालयका अध्यक्ष डा.टिएन जोशीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर ७ का प्रदेश प्रमुख मोहनराज मल्ल रहेका थिए । 

कार्यक्रममा नवजीवन शहरकारी संस्था लिमिटेडकाअध्यक्ष चक्रबहादुर सिंहलाई सम्मान समेत गरिएको थियो । 
कमेन्ट लोड गर्नुस