सुप आईडल सिजन–२ को अडिसन असोज २५ गतेदेखि
सुप आईडल सिजन–२ को अडिसन असोज २५ गतेदेखि सुरु हुने भएको छ । आयोजक तिलक फिल्म प्रा.लि.ले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आईडलबारे जानकारी दिएको हो । असोज २५ गतदेखि प्रदेश ७ का नौ वटै जिल्लामा अडिसन गरिने आयोजकले जनाएको छ । कार्तिक ९ गतेसम्म अडिसन गर्ने र त्यसपछि दोस्रो राउण्डदेखि धनगढीमा छनौट गरिने तिलक फिल्म प्रा.लि. दिपक जोशीले बताए । उत्कृष्ट ३० प्रतिस्पर्धि छनौटपछि भोटिङ सुरु गरिने छ । प्रतिस्पर्धि छनौट गर्दा ६० प्रतिशत भोटिङ र ४० प्रतिशत प्रतिभालाई मुल्याङन गरिने छ । क्षमता भएरपनि पैसा र स्थान नपाएका प्रतिभालाई उजागर गर्नका लागि आयोजना गरिन लागिएको सुप आईडल सिजन–२ मा पुरुस्कार राशि पनि तेव्वरले बढाईएको छ । प्रथम सुप आईडल विजेतालाई २५ लाख रुपैया दिईएको थियो भने सुप आईडल सिजन–२ को विजेताले १ लाख पुरुस्कार पाउने छ । त्यस्तै, दोस्रो र तेस्रो हुनेले क्रमशः ५० र ३० हजार रुपैया पुरुस्कार पाउनेछन । पहिलो, दोस्रो र तेस्रो हुनेले एक गित रेकड गर्न पाउने जोशीले जानकारी दिए। आईडलको तयारी पनि सुरु गरिएको आयोजकले जनाएको छ ।