संविधान !
प्रिय संविधान
सर्वप्रथम त तिमीलाई जन्मदिनको शुभकामना
तिमी अमर हुनु
तिमी अजर हुनु
तिमी फुल्नु, फक्रिनु, मौलाउनु
देशभरी, जनजनको हिर्दयभरी
दुर दराजका रस्ती बस्तीभरी
हिमालका हिमचुली
पहाडका भञ्ज्याङ्
तराइका फाटभरी ।
तिम्रो जन्ममा हजारौ आमाका
खुसी लुटिएका छन
हजारौ बाबाका सहारा दिने हात चुडिएका छन
हजारौ नौ जवानका रगतका खोला बगेका छन
हजारौ बालबालिका टुहुरा भएका छन
अपाङ्ग भएका छन
वेसहारा भएका छन
थुप्रै दिदीहरुका सिउँदो पुछिए काछन
थुप्रै आमाका काख रित्तिएका छन
हो संविधान तिम्रो जन्ममा थुप्रैका
खुशी लुटिएका छन
यसरी रगतका अहालबाट
तिम्रो जन्म भएको हो ।
तिमिलाई जन्माउन
तिम्रा लागि प्राणको आहुती दिने
ती तमाम योद्धाहरुको
चिहानको सुनौलो बिहान बन्नुपर्छ तिमी
तिमिलाई जन्माउन
तिम्रा लागि आफ्ना
अभिन्न अंग गुमायका
ती तमाम अपांगहरुको
बैसाकी बन्नु पर्छ तिमी
तिम्लाइ जन्माउन
तिम्रा लागि आफ्नत गुमाएका
ती तमाम बेसहाराहरुको
सहारा बन्नुपर्छ तिमी
युद्धको अहालबाट
रक्ताम्य घाउ लिएर बाँचिरहेकाहरुको
मलम पट्टि बन्नुपर्छ तिमी ।
प्रिय संविधान
तिमी आफैमा उत्कृष्ट छौ
तिमिलाई कार्यान्वयन गर्ने शासक
तिम्रो धारा, उपधारा, अनुसुची विपरित छन
र त बेला बेला जलाउने गर्छन
तिमीबाट न्याय नपाएका
तिम्रा सन्तानहरुले ।
तिमी कुसल शासकको पर्खाइमा
तड्पेका छौ मलाई थाहा छ
परिवर्तनका थुप्रै मुद्दाहरुको
बन्ध्याकरण गरिएको छ
तिम्रो शासकबाट
तिम्रो स्मृतिका डोवहरुमा
मैना सुनुवारहरु
कृष्ण सेन “इक्छुक“हरु
ती बिरासतिला
संघर्षका इतिहासहरु पक्कै छन
बिडम्बना तिम्रो शासकको दुर्नियतले
तिम्रा सन्तान हिरासतमा छन बेकसुर
तुसारापात भएको छ
प्रतिगामी तत्वबाट तिमिमाथि
आशा छ तिमी यी यावत बदनियतबाट
छिट्टै पुनर्वहाल हुनेछौ
र तिम्रा न्यायरुपी
दस्ताबेजका
धारा धाराबाट
उपधारा उपधाराबाट
अनुुसुची अनुसुचीबाट
एक दिन तिम्रा सन्तानलाई मिल्नेछ
न्यायको बैशाखी ।।