संगीतमा रविको तेजिलो चमक
सांगितिक रियालिटी शो नेपाल आईडलको पहिलो सिजनमा प्रदेश सातमा अडिसन नै भएन् । तर पनि काठमाण्डौवाट सहभागीता जनाएकी धनगढी सन्ध्या जोशी उत्कृष्ट नौ मा पर्न सफल भईन् । नेपाल आईडलको दोस्रो सिजनमा पनि अवस्था त्यस्तै देखिएको छ । नेपाल आईडलको उत्कृष्ट १२ को सुचीमा प्रदेश सातवाट एकजना प्रतिस्पर्धी मात्रै पुग्न सफल भएका छन, कञ्चनपुरका रवि ओड ।
अडिसनको सुरुवातदेखि नै अब्बल प्रस्तुती दिईरहेका रविले सांगीतिक क्षेत्रमा आफ्नो तेजिलो चमक देखाएका छन् । प्रदेश सातका एक्ला प्रतिस्पर्धी रविको अब्बल चमकले उनलाई नेपाली संगीतमा स्थापित हुने अवस्था वलियो वन्दै गएको छ । उनी नेपाल आईडलको उत्कृष्ट मध्येकै एक हुन सक्ने विलक्ष्मण देखाएका छन् ।
कन्चनपुरको कृष्णपुर नगरपालिका गुलरिया निवासी ओड आर्थिक रुपमा कमजोर परिवारका मान्छे हुन् । बुवा राजेन्द्र ओड र आमा उमा ओडको कोखबाट २०५४ साल जन्मिएका रवि आमा बुवाको दोस्रो सन्तान हुन । लोटस आई स्कुलमा १२ मा अध्यनरत रविलाई संगीतको नशाले वच्चैदेख ितानेको थियो । सानै उमेरदेखि उनी गीत गाउने कला भएका उनको कलाको तारिफ हुन थालेपछि उनलाई यो क्षेत्रले अझ तानेको हो । आफ्ना बाज्यले गाउने मौलिक र देउडा गीतहरुको प्रभावले उनलाई यसको मोहले तानेको हो ।
पुख्यौली घर साविकको अछाम बुढाकोट गाविस र हाल साँफेबगर नगरपालिकामा रहे पनिउनी अहिलेसम्म अछाम पुगेका छैनन् । तर उनी कामका लागि भारत भने पसेका छन् । भारतमा काम गरिरहेका वुवासँग उनले गएर केही समय काम पनि गरे । केही समय काम गरेपछि बुबाले नेपालमै वसेर पढ्न भनेपछि उनी घर फर्किएर पढाईलाई निरन्तरता दिदै गाउँघरमा हुने कार्यक्रममा गीत गाउँदै आफ्नो कला र गलालाई प्रष्फुतित पार्दै आएका थिए । धनगढीको दोहोरी साँझमा केही समय काम समेत गरेका ओड त्यही क्रममा धनगढीमा भएको धनगढी अडिसनमा भाग लिदै उनी उत्कृष्ट १२ सम्म पुगेका छन् ।
उनको यात्रा अझै लामो भएको भान उनले गाउने गीत, उनले पाउने प्रतिक्रियाले दिईरहेको छ । रविको यात्रा अझ चम्किलो र तेजिलो वनोस् हाम्रो पनि शुभकामना छ ।