सुदूर नेपाललाई विश्वसँग जोड्दै

रक्सीमा नशा छ भन्छौ बोतल हल्या खै त ?

२०७५ असोज ६, ११:३१

गायक बिष्णु भट्ट “रक्सीमा नशा भन्छौ बोतल हल्या खै त” बोलको गजल गीत ल्याएर साङ्गितिक क्षेत्रमा आएका छन्। सराव र प्रेमको समिश्रण सहितको भाव झल्किने उक्त गजल गीत ल्याउदै गायक भट्ट आएका हुन्। गजल गीतमा स्वर, शब्द र म्युजिक भिडियोक कलाकारहरु पनि सुदूरपश्चिमकै रहेका छन्। 
धनगढीकै वाईपि जोशीले रचना गरेको उक्त गजल गीतमा गायक भट्टको स्वर र संगित रहेको छ भने किरण कँडेलले एरेन्ज गरेका हुन। साथै साङ्गितिक गजल भिडियोमा टेकेन्द्र शाहको इडिटिङ, मिलन थापाको डिरिक्सन रहेको छ। सुदूरबाटै उदाएका कलाकारहरु सनम कठायत र रोजी कुवरको अभियनय रहेको छ। सनम कठायत लगायतको अभिनय छ भने क्यामेरामा मुकेश हुमागाइले साथ दिएका छन।
गायक भट्ट को हुन् ?
डोटी क्याम्पसमा अध्यापन गरिरहेकै बेला जागिर छोडेर १२ बर्ष अगाडी सुगम संगीतको दुनियामा पौडी खेल्न काठमाडौँ छिरेका डोटी भुमिराजमाण्डौका विष्णु भट्ट डेउडाबाट साङ्गितिक क्षेत्रमा उदाएका हुन्। ९ बर्षको कलिलो उमेरमै आफ्नो गायन क्षमतासंग परिचिय भईसकेका भट्टले सांगीतिक क्षेत्रको सुरुवात धेरै सुदूरपश्चिमेली कलाकाहरु जस्तै डेउडाबाट गरेका थिए।

२०६० सालदेखि तीन बर्षसम्म डेउडा गायनमा सक्रिय रहेका भट्टले आधा दर्जन डेउडा गीत बजारमा ल्याए। तर सुदूरमा जन्मिएपनि सुगम संगीतमा चर्चित बन्ने रहर बढ्दै गएपछि उनले डोटी क्याम्पसको जागिर छोडेर संगीत साधानाका लागि काठमाडौँको गन्तव्यलाई रोजेका हुन्। 
तर सुदूरपश्चिमबाट नेपाली सांगीतिक क्षेत्रमा जाँदा धेरैले डेउडा नभए लोक दोहरी गीत गाउने होला भनेर सोच बनाएका हुन्छन्। तर भट्टले भने सुगम संगीतमै भविष्य बनाउनुथियो । गायन कलासंगै गीतमा संगीत भर्ने र शब्द लेख्ने कला समेत भएका भट्टलाई आफ्नै गीत ल्याउन भने ठुलै संघर्ष गर्नुपर्ने थिएन होला। तर उनले आफ्नो गायन कलालाई निखार्नका लागि सुगम संगित सिक्ने निधो गरे र विगत एक दशकदेखि सिक्दै पनि आएका छन । 
बजारमा चर्चामा आएका कैँयौ गितहरु आर्थिक अभावकै कारण उनले स्वर भर्न सकका थिएनन्, र अहिले ती गीतहरु अर्कैको स्वरमा गुञ्जिन थालेका छन् । तर पनि भट्टले हरेश खाएनन एकोहोरो लागिरहे संगीतको तलाउमा पौडी खेल्न। त्यसकै परिणाम हो अहिले उनी राम्रो गायक र संगीतकारको रुपमा दर्ज भईरहेका छन् । उनको आधुनिक गीत र गजल बजारमा आएसंगै नेपाली संगीतका पारखीले सुदूरपश्चिमको एउटा फरक स्वरको स्वाद चाख्न पाईरहेका छन । 
राजधानीमा अहिले गजल महफिल निकै चर्चामा छ। राज सिग्देल, शिव परिवार लगायतका स्थापित गायकहरुले महफिलको माहोल तताईरहेका बेला महफिलमा भट्टले पनि २ पटक गायनको अवसर पाईसकेका छन्। उनको गजल गायनको चर्चा परिचर्चा पनि सोही बेलादेखि हुँन थालेको हो। उनले डोटेली भाषामा लेखिएका गजलहरुको गायनलाई पनि प्राथमिकतामा राखेका छन्।
 

कमेन्ट लोड गर्नुस