सुदूर नेपाललाई विश्वसँग जोड्दै

उठ्दैनन् बूढानिलकण्ठ

२०७५ असोज ११, ०६:०३
नरप्रसाद धितालको शब्द रहेको भजन उठ्दैनन् बूढानिलकण्ठ सार्वजनिक भएको छ। राजधानीमा विहिबार एक कार्यक्रमकाबीच बुलु मुकारुङको सङ्गीत, स्वरुपराज आचार्यको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो।
नेपालको पहिलो महिला टेम्पो चालक लक्ष्मी शर्मा, बरिष्ठ कलाकार लय संग्रौला, उत्तम केसी, सङ्गीतकार बुलु मुकारुङ, नरप्रसाद धिताल, कृष्ण धिताललगायताको आतिथ्यतामा गीतको भिडियो सार्वजनिक गरिएको थियो। अतिथिहरुले पछिल्लो समय गीत सङ्गीतमा विकृति भित्रिएको र यस्ता गीतले त्यस्ता विकृतिलाई केही हदसम्म निरुत्साहित गर्ने बताउँदै शुभकामना दिएका थिए। 
नरप्रसादको पूजा एल्वममा समाबेस यो गीतलाई संजय पाण्डेले निर्देशन गरेका छन्। भकारी एमडिसी मार्फत सार्वजनिक गीतको भिडियोलाई चक्र महर्जनले छायाँकन गरेका हुन् भने दिनेशजंग रानाले सम्पादन गरेका छन्। 
कमेन्ट लोड गर्नुस