पुनरागमनको तयारीमा डेउडा गायिका
कुनै समय प्रदेश नम्बर ७ को मौलिक भाका डेउडाको लोकप्रियता र व्यापार निकै वढी थियो। तर प्रविधिको विकासले लगानी बढ्दै जानु र त्यसवाट आउने आम्दानी घट्दै गएपछि डेउडा गीतहरु बजारमा आउने क्रम मात्रै कम भएन कुनै बेलाका स्थापीत देउडा कलाकारहरु पनि गुमनाम भए। त्यस्मा गायिकाहरुको जमात ठुलो छ। लामो समय गुमनाम भएका गायीकाहरु फेरी डेउडा संगितमा पुनरागमनको प्रयासमा जुटेका छन्। कुनै जमाना थियो हरीना साउद, सविता भट्ट, डिक्रादेवी गाईने, पवित्रा भण्डारी, हेमा मडै, संगिता जोशी, निर्मला पाली लगायतका प्रसिद्ध गायीकाहरुका डेउडा गीतले गाउँ सहर गुन्जायमान हुन्थे। उनीहरूका हरेक गीत सबैका मुखमा झुण्डिएका थिए। तर, अहिले आएर तिनै पुराना र स्थापीत गायिकाहरुले डेउडा संगितसंग टाढा भएको धेरै भयो तर डेउडासंगको साईनो ताड्न त कस्लाई सजिलो होला र?
धेरै पुराना र स्थापीत गायीकाहरु वैवाहीक सम्वन्धमा बाधिएपछि डेउडा संगितबाट टाढीएका छन्। दशक बढि समय डेउडामा राज गरेपनि बैवाहीक सम्वन्धमा जोडीएपछि आफ्नो परिवार र छोराछोरीकै स्याहारसुहारमा समय बिताएको देखिएको छ। तर छोराछोरी हुर्कीएर ठुला भईसकेपछि कुनै बेलाका स्थापीत गायीकाहरुले फेरी डेउडा संगितमा पुनरागमनको प्रयास गरिरहेका छन्। अहिले पनि गायिका हरीना साउँदका गीतहरु सुदूर र मध्यपश्चिमका कुनाकन्दरामा गञ्जिन्छन्। तर ती गीतहरु बर्षाै पहिले बजारमा ल्याईएका गीतहरु हुन्। डेउडाका पारखीहरुले साउँदका नयाँ गीत सुन्न नपाएको पनि धेरै भयो। विवाहपछि आफ्नो परिवार र छोराछोरीकै स्याहारसुहारमा समय वित्न थालेपछि साउँदले सांगीतीक क्षेत्रमा धेरै समय दिन पाईनन्। अहिले लामो समयदेखि भारतको मुम्वैमा बस्दै आएकी साउँद फेरी डेउडा संगीतमा फर्किने मनसायमा पुगीसकेकी छिन्। उनले मुम्वैबाटै भएपनि डेउडाका पारखीहरुलाई नयाँ गीत दिने सोच बनाएकी छिन्।
डेउडा गायीका छुट्नै नहुने नाम हो डीक्रादेवी गाईने। बादी समुदायमा जन्मेकी डीक्रादेवीको स्वरले मन्त्रमुग्ध तुल्याउँछ सबैलाई। सुदूरपश्चिमका ठाडीभाका गायनमा नारी स्वर मध्यको उत्कृष्ट स्वर हो उनको। उनले गीत गाउन छोडेको ९ वर्ष भयो। उनी पनि ९ वर्षपछि पुनः गायन क्षेत्रमा फर्किन तयारीमा छिन्।
देउडा गायिका पवित्रा भण्डारीले भने बर्ष दुई बर्षमा डेउडा गीत बजारमा ल्याउछिन् तर पहिलेको जस्तो सम्पूर्ण समय डेउडा संगीतमा दिन सकेकी छैनन्। झण्डै ४, ५ बर्ष यता पुराना गायीकाहरु डेउडा संगितबाट टाढीएसंगै उनीहरुलाई खोज्न पर्ने समस्या छ। डेउडा संगितको जग हालेका कलाकारहरु नै पेशाबाट पलाएन भएपछि युवा पुस्ताहरु जो, डेउडा नाम दिएर आधुनिक र पप शैलीमा गित निकाल्दै छन् उनिहरु पनि अभिभावक विहीन जस्तै भएका छन्। डेउडामा मौलीकता हराउदै गएको गुनासो बढेका बेला पुराना गायीकाहरु फेरी मौलीक डेउडा बजारमा ल्याउने तयारीमा छन्।
नयाँ पुस्ताका कलाकारहरु आफ्नै शैलीमा डेउडा गित निकालीरहेका छन् । अहिलेका गीत संगीतले वास्तवीक डेउडाको मर्म नबोकेकाले त्यो भीडमा पस्न मन नलागेको तर्क गर्ने पुराना गायीकाहरुको पनि कमी छैन्। लामो समय सम्म टाढीएपनि डेउडा संगीतसंग लागेको पिरती अझै छुट्न नसकेको गायीका निर्मला पालीको भनाई छ।