सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा रवि ओडको भव्य स्वागत

२०७५ असोज २७, ०७:१८ खबर संवाददाता

सांगितिक रियालिटी शो नेपाल आईडलको उत्कृष्ट ९ मा पुग्न सफल कञ्चनपुरका रवि ओडको धनगढीमा भव्य स्वागत गरिएको छ। अडिसनको सुरुवातदेखि नै अब्बल प्रस्तुती दिईरहेका रवि उत्कृष्ट ९ मा परेपछि ६ दिनका लागि सुदूरपश्चिम आएका हुन्। पौने ७ बजे धनगढी विमानस्थलमा पुगेका ओडलाई स्वागत गर्न कैलाली र कञ्चनपुरबाट ठुलो सङख्यामा समर्थकहरु पुगेका थिए।

बुद्ध एयरकै विमानमा धनगढी फर्किएका प्रदेश सभा सदस्य तारालामा तामाङको पनि ओडसंग भेट भएपछि उनले पनि स्वागत गरेका थिए। नेपाल आयडलको उत्कृष्ट ९ मा पुगेका ओड सुदूरपश्चिमका एक्ला प्रतिस्पर्धी हुन्। उनले सुदूरपश्चिम बसाईको क्रममा आफुलाई भोट माग्दै विभिन्न व्यक्तिलाई भेट्ने कार्यक्रम रहेको बताए।
 

कमेन्ट लोड गर्नुस