सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रतिष्ठानमा रक्तसञ्चार केन्द्र स्थापना

। फोटो स्रोत ।
२०७५ मंसिर १५, ०३:१९

पश्चिम नेपालकै ठूलो अस्पताल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा शुक्रबार रक्तसञ्चार केन्द्र (ब्लर्ड बंैक) स्थापना गरिएको छ। कर्णालीमा अधिकांश मानिस बिरामी पर्दा सधैँजसो रगतको खोज गर्नपर्ने बाध्यतालाई मध्यनजर गर्दै प्रतिष्ठानले रक्त सञ्चार केन्द्र स्थापना गरेको हो। त्यहाँका आम नागरिक बिरामी हुँदा रगतका लागि नेपाली सेना, प्रहरी र अन्य नागरिकसँग गुहार माग्दै आएका थिए। तर, प्रतिष्ठानले अस्पतालभित्रै रक्तसञ्चार केन्द्र स्थापना गरेपछि सहज भएको स्थानीयवासीले बताएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले रक्तसञ्चार केन्द्र स्थापना गरी रगत सङ्कलनको अभियान शुरु गरेको बताए।   ९० प्याकेट रगत भण्डारण गर्न मिल्ने गरी प्रतिष्ठानले रक्तसञ्चार केन्द्र स्थापना गरेको छ। प्रतिष्ठानले रगत सङ्कलनका लागि वृहत रूपमा अभियानलाई अघि बढाउनका लागि त्यहाँका सङ्घसंस्था, विद्यार्थी, महिला, आमा समूह, रेडक्रसलगायत विभिन्न व्यक्तित्वलाई आग्रह गरेको छ। रगत सङ्कलनका लागि विभिन्न शिविर तथा अभियानमा प्रतिष्ठानले मेडिकल टोली पठाइदिने व्यवस्था गरिएको रजिष्ट्रार काफ्लेले बताए। रासस
 

कमेन्ट लोड गर्नुस