धनगढीमा रक्तदान कार्यक्रम सम्पन्न
धनगढीमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का द्वय भातृ संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारी कैलाली बहुमुखी क्याम्पसको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्त सञ्चार केद्रहरुमा रगतको अभाव भइरहेका बेला विद्यार्थी संगठनहरुले रक्तदान कार्यक्रमको आयोजना गरेको आयोजकले जनाएको छ। अहिले कैलाली कंचनपुर लगायतका अन्य जिल्लाहरुमा रगत अभावका बिरामीहरुको संख्या धेरै भएकाले रक्तदान कार्यक्रमको आयोजना गरेको कैलाली बहुमुखी क्याम्पसका स्ववियु सचिव कृष्ण रोकायले बताए।