कञ्चनपुरमा हजुरबुवालाई हराएर नाति बने सभापति
कञ्चनपुर: कञ्चनपुरमा हजुरबुवालाई हराएर नाति नेपाली कांग्रेस गाउँपालिका सभापतिमा निर्वाचित भएका छन्। शनिबार बेलडाँडीमा सम्पन्न भएको निर्वाचनमा हजुरबुवा पृतबहादुर विष्टलाई ८ मतले हराउँदै गजबहादुर विष्ट सभापति बनेका हुन्।
खसेका ८५ मध्ये ३७ वर्षीय गजबहादुरले ४५ मत पाएका छन्। पराजित हजुरबुवा अन्दाजी ६० वर्षीय पृतबहादुरले ३७ मत ल्याएका थिए। पृतबहादुर १३ दिने जुठो लाग्ने हजुरबुवा भएको गजबहादुरले बताए।