सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका कोरोना संक्रमितको धनगढीमा मृत्यु

२०७८ असोज १४, ११:५४ खबर संवाददाता

धनगढीः कञ्चनपुरका एक कोरोना संक्रमितको धनगढीमा मृत्यु भएको छ। जिल्लाको भिमदत्त नगरपालिका वडा नम्बर ७ का ८४ वर्षीय वृद्धको कोरोनाका कारण मृत्यु भएको हो।

स्वास प्रश्वासमा समस्या देखिएपछि उनलाइ उपचारका लागि सेती अस्पताल लगिएको थियो। थप उपचारका लागि सेती अस्पतालमा ल्याइएकाेमा उपचारका क्रममा बिहिबार उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

कमेन्ट लोड गर्नुस