सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा अवैध सामानसहित काठ बोकेको ट्र्याक्टर प्रहरीको नियन्त्रणमा

२०७८ असोज १५, ०८:५७ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा प्रहरीले अवैध सामान र काठ बोकेको ट्र्याक्टर नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बोर्डर आउट पोष्ट गड्डाचौकी, आपताल, पशुपतिटोल र झिलमिलाबाट खटिएको सीमा गस्ति टोलीले ५ लाख ३१ हजार ७९५ रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको हो।

प्रहरीले बेवारिसे अवस्थामा रहेको सुर्ति, बिडि, खाद्य बस्तु, कपडा, मोटरसाइकलका पार्ट्स, सिसौ, जामुनको काठसहितको ट्र्याक्टर र दुई जनालाई नियन्त्रणमा लिएको बताएको छ। अवैध सामान बरामद गरी कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी बुझाएको र काठसहित ट्र्याक्टर र नियन्त्रणमा लिइएका दुबै जनालाई रेन्जर पोष्ट बेल्डाँडी बुझाएको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस