७ कक्षामा पढ्ने छात्राको नजरमा हाम्रो देशको नेता
जनताले दिएको करको
सदुपयोग गरेनन् नेताले
जनताले दिएको मतको
आदर गरेनन् नेताले
चुनावमा गरेका ति बाचा
पुरा गरेनन् नेताले
अझै
भ्रष्टचारमा लिप्त भयो नेता
कार्यकर्ता पोस्नमै व्यस्त रह्यो नेता
मनपरि विदेश भ्रमण गर्ने
अनि ढुकुटी सक्नमै मस्त रह्यो नेता
जनताका समृद्धीका सपना
तोड्नमै व्यस्त भयो नेता
तर अब
जनताले दिएको करको
सदुपयोग गर नेता
जनताले दिएको मतको
आदर गर नेता
चुनावमा गरेका बाचा
पूरा गर नेता
भ्रष्टचारमा लिप्त नभई
कार्यकर्ता पोस्नमै व्यस्त नभई
देश विकास गर नेता
प्रियंका भट्टले ऐश्वर्य विद्या निकेतनका कक्षा ७ मा अध्ययनर छिन्। ७, ८ र ९ का छात्राहरुका बीचमा भएको कविता प्रतियोगितामा भट्टले लेखेको यो कविता प्रथम भएको छ।