धनगढी रंगशाला र दोधारा चाँदनीमा खिचिएको चलचित्र ’रणवीर’ को गीत ’मान्न चाहन्न’ चर्चा बटुल्दै
माघ १८ गतेबाट प्रदर्शमा आउन लागेको एक्सन लभ स्टोरी फिल्म ‘रणवीर’ को स्याड सङ चर्चा बटुल्न थालेको छ । झण्डै चार मिनेटको गीतको अधिकांश छाँयाकन धनगढी रंगशाला र चाँदनी दोधारामा गरिएको छ । हर्कुलस बस्नेत र प्रविशा अधिकारीको स्वर रहेको गीतमा फिल्मकी लिड अभिनेत्री सुपुष्पा भट्टप्रति अभिनेता शुशील सिटौलाको एकोहोरो पागल प्रेम देखाइएको गीतमा धनगढी रंगशाला र चाँदनी दोधारा वाहेक जाखोर तालमा समेत छाँयाकन गरिएको छ ।
‘मान्न चाहन्नँ...’ गीतमा गायक हर्कुलस स्वयम्को शब्द तथा संगीत छ । यो फिल्ममा शुशील र सुपुष्पाका अलावा प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, वि गिरी, नरेश पौडेल, हरिहर शर्मा, टिका पहाडी, भोलाराज सापकोटा लगायतका कलाकारको पनि अभिनय रहेको छ ।
फिल्म ‘रणवीर’ मा कथा, पटकथा, संवाद निर्देशक गोविन्द सिंह भण्डारीको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन र चन्द्र पन्तको द्वन्द्व छ । महँगो बजेटमा तयार भएको फिल्मलाई गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् । यो फिल्मको ‘तिरिमिरी तिरिमिरी तीन तारा’ गीत अहिले निकै चर्चामा छ । साथै, सार्वजनिक ‘एक्सन प्याक्ड’ ट्रेलरले यस फिल्मप्रति दर्शकमा निकै कौतुहलता जगाएको छ ।
गीतको सुटिङ हुने समयमा खिचिएको भिडियो हेर्नुहोस्