भुवन केसीको ‘क्याप्टेन’ गीतमा निरुता र भुवनले अभिनय गर्दै
नेपाली चलचित्र क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाई सकेकी अभिनेत्री निरुता सिंहले केही समय आफ्नो अभिनयलाई विश्राम लिए पनि पछिल्लो समय नेपाली सिनेमा उद्योगमा फर्किएसँगै उनलाई एकपछि अर्को सिनेमामा अभिनयका लागि अफर आइरहेका छन्। केही समय अघि मात्रै एक अवार्ड कार्यक्रमका लागि नेपाल आएको मेसोमा उनले सिनेमा नाईँ नभन्न’ ल ५ मा काम गरेकी थिइन्। उक्त सिनेमामा उनका केही दृश्यहरु मात्र थिए। त्यसैमा दर्शकको माया पाईनन् , मुम्बईमा बस्दै आएकी निरुता भुवन केसीले निर्माण गर्न लागेको चलचित्र क्याप्टेनमा समावेश गीतको अभिनयका लागि फेरि नेपाल आएकी छिन्।
दिवाकर भट्टराईले निर्देशन गरेको सिनेमा क्याप्टेनमा समावेश उक्त गीतमा निरुतासँगै अनमोल केसी र भुवन केसीले नृत्य गर्नेछन्। फागुन १७ गतेबाट प्रदर्शनमा आउन लागेको ‘क्याप्टेन’मा समावेश उक्त गीतको छायांकन केही दिनमा हुने निर्माण पक्षले जनाएको छ। अभिनेता भुवनको यस गीतमार्फत नेपाली सिनेमामा ८ वर्षपछि कमब्याक हुदैछ ‘ क्याप्टेन’मा अभिनेता अनमोल फुटबलरको भमिकामा छन् भने सिनेमामा अनमोलसँगै उपासना सिंह ठकुरी र प्रियंका एम भि मुख्य भुमिकामा छन्।