प्रबासमा प्रकाशित भयो “भोल्छालको रामारोशन”
श्रष्टा मोहन शाहको अछामी भाषाको पहिलो लघुकथा संग्रह
श्रष्टा मोहन शाहको अछामी भाषाको पहिलो लघुकथा संग्रह “भोल्छालको रामारोशन” प्रकाशित भएको छ। मंगलसेन नगरपालिका वडा नम्बर १२ बान्नातोलि घर भएका शाहले पहिलो सग्रह “भोल्छालको रामारोशन” भारतको मुम्बईमा प्रकाशित गरेका हुन। हराउदै गएको अछामी भाषाको जगेर्नाका लागि परेका शाह लामो समयपछी संग्रह प्रकाशित गर्न सफल भएका हुन्। अछामि पत्रकारिताबाट अछामि भाषालाई संरक्षण र सम्बद्र्धन गर्छु भनेर लागेका शाहले करिब २ बर्षसम्म रेडियो रामारोशनबाट समेत यसको संरक्षण र सम्बद्र्धको अभियान थालेका थिए।
अछामी भाषा कला र साहित्यको श्रीबृद्धिका लागि लामो समय सम्म चासो र चिन्ता राख्दै आएका शाहले आफनै मौलिकता, पृथकता र स्थानिय पहिचान बोकेको अछामि भाषालाई अहिलेको पुस्ताले बेवास्ता गरेकाले अछामि भाषाको संरक्षण र सम्बद्र्धनका लागि सग्रह प्रकाशित गरेको बताउनु भएको छ। लामो समयको निरन्तर प्रयास पछी संग्रह प्रकाशित भएकोमा आफु धेरै खुशि भएको र आफनो प्रयासलाई अब आउने पुस्ताले निरन्तरता दिनेमा आफु विश्वस्त रहेको पनि बताए। आफनो भाषा कला र साहित्य प्रति सबैले माया गरेर लागेमा मात्र समग्र अछामि भाषाको समृद्धिमा सहयोग पुग्नेमा उनको आशा रहेको छ। अछामि भाषाको लवज र थेगोमा स्थानिय स्तरका बिषयवस्तु र घटनाको मार्मिक रुपमा वर्णन गरेर अछामिको आशा, खप्तडको रुवाबासि, बुढिगंगाको उच्चकाई, दैलेखिको देलो र हराएको जुम्ली काम्लो जस्ता ४९ वटा लघुकथा पुस्तकमा समाबेश गरिएका छन। धर्तिको स्वर्ग मानिने अछामको पर्यटकिय क्षेत्र रामारोशनको वर्णन र ब्यापक प्रचारप्रसारका लागि पनी सग्रहको नाम “भोल्छालको रामारोशन” जुराएको उहाँको भनाई छ।
प्रकाशन भएको छोटो समयमा नै प्रवासि नेपालीहरुको मन जित्न सफल भएकाले कृति नेपालमा पनी भित्रि सकिएकाले सबैलाई अध्ययन गरि सुझाव सल्लाह दिन आग्रह पनी गर्नु भएको छ। पहीलो अंक ७ सय प्रति सबैका माझ ल्याएकाले अब भाग २ पनी छिट्टै सबैको हात हातमा पुरयाउने आफनो अठोट रहेको बताएका छन्। पुस्तक भारतको मुम्बईमा प्रकाशित भएकाले यतिबेला उहाँलाई प्रबासमा सम्मान कार्यक्रम समेत चलिरहेको छ । अछामि भाषालाई जगेर्ना गर्नका लागि शाहले महान कार्य गरेकाले केहि दिनमा प्रबासमा बसोबास गर्ने नेपाली दाजुभाईको सहकारी संस्था परिवर्तन शिल सहकारी सम्मान गर्ने कार्यक्रम समेत तय भएको उहाँले जानकारी दिए।