चलचित्र रणवीरमा समावेश ढुकुरान्चडीको रिमेक गीत चर्चा बटुल्दै
२०७५ माघ २३, ११:३८
गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘रणवीर’ मा समावेश देउडा गायक नरेन्द्रराज रेग्मीको ढुकुरान्चडीको रिमेक गीतचर्चा बटुल्दै गएको छ । दुई दशक अगाडी नरेन्द्रराज रेग्मीले गायकको गीतलाई चलचित्र रणवीरमा लोक भाका सहित र्याप थपेर समावेश गरिएको गीत चर्चा बटुलिरहेको हो । गीत सार्वजनिक गरिएको २० घण्टामा झण्डै ७५ हजारले युट्युवमा यो गीतलाई हेरिसकेका छन् ।
यो गीतलाई सुदुरपश्चिमका विभिन्न रमणीय र पर्यटकीय क्षेत्रमा छायाकँन गरिएको छ । धनगढी रंगशाला, महेन्द्रनगर बजार, एयर क्राप्ट म्युजियम दोधारा चाँदनी शिवपुरी धाम पार्कमोड लगायतका स्थानमा चलचित्रको गीतलाई छायाँकन गरिएको छ ।
दुई दशक अघि चर्चित देउडा गायक नरेन्द्रराज रेग्मीको गीतमा थप रचना पनि गरिएको छ । अमित श्रेष्ठको संगीत रहेको गीतमा हर्क सावद र अमित श्रेष्ठले थप गीतको रचना गरेका छन् । चलचित्रको गीतमा प्रताप दास, चक्र बम र सतिसको स्वर रहेको छ ।
कमेन्ट लोड गर्नुस