सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसपीपी एकतर्फी कार्यान्वयन गर्न खोजे भंग गर्न सकिन्छः नेपाल 

२०७९ असार २७, १०:४४ खबर संवाददाता

धनगढीः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता खारेज गर्न पनि सकिने बताएका छन्। सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। 

यस्तै नेता नेपालले आफ्नो अडानका कारण देशमा विदेशी शक्तिहरुका विभिन्न षड्यन्त्र असफल भएको दाबी गरे। उनले एकीकृत समाजवादी पार्टीकै अडानका कारणले एमसीसी सम्झौताको व्याख्यात्मक घोषणासहित पास भएको तथा पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता रोकिएको दाबी गरेका हुन्।

कमेन्ट लोड गर्नुस