एमालेका ‘४ भाइ’ले विभागीय प्रमुखको जिम्मेवारी पाए
धनगढीः नेकपा एमालेमा ‘१० भाइ’ले परिचित १० जान नेतामध्ये चार जनाले विभागीय प्रमुखको जिम्मेवारी पाएका छन्। एमालेको सातौँ, आठौँ र नवौँ बैठकका निर्णयसहित अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तर पार्टी निर्देशन (अपानि –४) मा १० मध्येका चार जना नेताहरू घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम प्रसाद आचार्य र योगेश भट्टराईले विभागीय प्रमुखको जिम्मेवारी पाएका हुन्।
भुसालले अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी पाएका छन् भने विष्टले ऊर्जा जलश्रोत तथा सिँचाइ, आचार्यले पर्यटन तथा नागरिक उड्डयन र भट्टराईले स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुखको जिम्मेवारी पाएका छन्।