सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकार सरले चलाउनुहुन्छ कि म्याडमले ?: ओली

२०७९ असार २७, ०८:४३ खबर संवाददाता

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माणमा भएको भनिएको अनधिकृत व्यक्तिको संलग्नता र विवादस्पद हतियार खरिदमा अर्थमन्त्री वा रक्षामन्त्रीको मात्र संलग्नता हुन नसक्ने बताएका छन्।

एमाले अध्यक्ष ओलीले भने बजेटमा भएको ‘बद्मासी’मा अरु पनि पृष्ठपोषक रहेको बताएका छन्। सोमबार सम्पादकहरुसँग भएको अन्तर्क्रिरया कार्यक्रममा ओलीले भने, ‘न हतियार खरिद रक्षामन्त्री वा अर्थमन्त्रीले मात्र गर्न सक्छन्, न बजेटमा यत्रो बद्मासी अर्थमन्त्रीले मात्र गर्न सक्छन् ।’ उनले कसैको नाम त लिएनन्, सरकार कसले चलाउँछ भन्ने दुनियाँलाई थाहा भइसकेको बताए ।

उनले भने, ‘सरले चलाउनुहुन्छ कि म्याडमले चलाउनुहुन्छ ? यतापट्टी जान चाहन्न मेरो विषय बनाउन चाहन्न। दिदीले चलाउनुहुन्छ कि भाइले चलाउनुहुन्छ ? भिनाजुले चलाउनुहुन्छ कि सालाले चलाउनुहुन्छ ? प्रधानमन्त्रीले चलाउनुहन्छ कि रियल पावर मै हुँ भन्नेले चलाउनुहुन्छ ? त्यतापट्टी पनि जान चाहन्न। तर जसले चलाए पनि चलाएको त यही हो।’
 

कमेन्ट लोड गर्नुस