सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुष्पा भुसाललाई उपसभामुखको उम्मेदवार बनाउने गठबन्धनको तयारी

२०७९ असार २९, ०२:४९ खबर संवाददाता

काठमाडौंः पाँच दलीय सत्ता गठबन्धनले नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाललाई उपभासमुखको उम्मेदवार बनाउने तयारी गरेको छ। प्रतिनिधि सभाको उपसभामुख चयनका लागि पर्सी ३१ गते निर्वाचन हुँदैछ। संसद सचिवालयका अनुसार बिहीबार बिहान ११ देखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ।

उम्मेदवार चयन गर्ने विषयमा गठबन्धनका नेताहरुबीच छलफल भएको छ। छलफलका आधारमा भुसाललाई उम्मेदवार बनाउने गरी गृहकार्य अगाडि बढाइएको छ। तर, कांग्रेसमा उपसभामुखका लागि भुसाल बाहेक डिला संग्रौला लगायतले पनि दाबी प्रस्तुत गर्दै आएका छन ।

कमेन्ट लोड गर्नुस