लक्ष्मी पूजाकै दिन प्रियंका कार्कीको घरबाट ५ लाख बराबरको चोरी
२०७९ कार्तिक ९, ११:०५
काठमाडौंः अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी भएको छ। उनको ललितपुरको भैसेपाटीस्थित महतो मार्गमा रहेको घरमा सोमबार राति चोरी भएको हो। चोरले उनको घरबाट नगद ३० हजार रुपैयाँ, विभिन्न गरगहना ५ लाख ५० हजार रुपैयाँ बराबरको गरी करिब ५ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल चोरी गरेको छ।
बेलुका लक्ष्मी पूजा गरिसकेपछि घरमा कोही नभएको मौका छोपी चोरी भएको प्रहरीले बताएको छ।
कमेन्ट लोड गर्नुस