सुदूर नेपाललाई विश्वसँग जोड्दै

२६ वर्षपछि जेलमै पाए रेशम चौधरीले गीतको रोयल्टी

२०७९ कार्तिक १०, ०६:१४ खबर संवाददाता

काठमाडौं: रेशम चौधरीले २६ वर्षपछि जेलमै गीतको रोयल्टी बुझेका छन्। कैलालीको टीकापुरमा भएको प्रहरी र सर्वसाधारण नागरिकको हत्यामा संलग्न रहेको आरोपमा डिल्ली बजार कारागारमा रहेका चौधरीले २०५३ सालमा निकालेको गीति एल्बम ‘हाल खबर’को बुझेका हुन्।

उनलाई १७ हजार २१५ रुपैयाँ रोयल्टी मुन लाइट्स रेकर्डसका सञ्चालक चन्द्रप्रकाश शर्माले उपलब्ध गराएका हुन्। चौधरीले कारागारबाटै विज्ञप्ति निकालेर लेखेका छन्, ‘करिब २६ वर्षपछि पाएको आफ्नो पारिश्रमिकले मलाई अत्यन्तै उत्साहित बनाएको छ, मैले यो रकम मेरो श्रीमती रञ्जिता श्रेष्ठ चौधरीलाई निर्वाचन खर्चका लागि छुट्याएको छुँ।’

रेशमकी श्रीमती रञ्जिता नागरिक उन्मुक्ति पार्टीका तर्फबाट कैलाली १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार छिन्। रेशमले बर्दिया–२ बाट दिएको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको छ।
 

कमेन्ट लोड गर्नुस