तिमी भन्छौ गाउँगाउँमा...
२०७९ कार्तिक १२, ०८:३९
-गोविन्दराज ओझा 'राजन'
तिमी भन्छौ गाउँगाउँमा बिजुली बत्ती आयो
विकास भयो गाउँको, बस्तीको मनमा हर्ष भयो
कसरी भनु म मैले यहाँ केही देख्दिन
मेरो घर वरपर रोड, बिजुली केही देख्दिन
परिवर्तनको माहोल छ भन्छन् सबैले
तर गाउँ घरमा फर्केर हेर्दैनन् कसैले
कसरी व्यक्त गरौँ अब केही परिवर्तन हुनुपर्छ
हामी सबै मिलेर गाउँगाउँको विकास गर्नुपर्छ
मेरी आमाको लागि नयाँ चोली सिलाउनु छ
गाउँको मुहार फेर्न हामी सबैले एकजुट भई लाग्नु छ
कमेन्ट लोड गर्नुस