सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैत २४ मा ‘बहाव’ रिलिज

२०७९ फाल्गुन १, ०४:५६ खबर संवाददाता

काठमाडौँः अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल अभिनित फिल्म ‘बहाव’ अगामी चैत २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ।

निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै रिलिज मिति बाहिर ल्याएका हुन्। फिल्म स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुतीमा निर्माण भएको हो। प्रमोद कँडेलको लेखन निर्देशन रहेको फिल्मको फस्टलुकमा अभिनेत्री सुरक्षाले सुँगासहितको पिँजडालाई हातमा लिएर उभिएकी छन्।पोस्टरमा सुरक्षाले पृष्ठभूमिमा देखिएको ऐनामा नहेरी हातमा रहेको पिँजडाभित्रको सुँगामा आफ्नो प्रतिबिम्ब खोजिरहेको देख्न सकिन्छ।

निर्देशक कँडेलले फिल्म ‘बहाव’ नयाँ चिजको खोजीमा भइरहेको अवस्थाको विद्रोह रहेको बताए। उनले पोष्टरमा फिल्मको थिमलाई प्रस्तुत गरिएको खुलाए। फिल्मका निर्माता श्रीधर पौडेल हुन्। फिल्ममा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ। 
 

कमेन्ट लोड गर्नुस